होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • यस्तो गाउँ, जहाँ दुईतले घर बनाउनु अशुभ मानिन्छ
विचित्र संसार

यस्तो गाउँ, जहाँ दुईतले घर बनाउनु अशुभ मानिन्छ

  • नागरिक रैबार
यस्तो गाउँ, जहाँ दुईतले घर बनाउनु अशुभ मानिन्छ

संसारमा हरेक गाउँहरूका आ-आफ्ना मौलिक मान्यता तथा संस्कृति हुन्छन् । भारतको राजस्थानमा रहेको एउटा गाउँ पनि आफ्नो यस्तै मान्यताका कारण चर्चित छ ।

जस्थानको चुरु जिल्लास्थित सरदारशहर तहसीलमा पर्ने उडसर गाउँमा ७ सय वर्षदेखि एउटा अनौठो डर तथा मान्यताले डेरा जमाएर बसेको छ ।

७ सय वर्षयता उक्त गाउँमा कसैले पनि दुईतले घर बनाएको छैन । गाउँलेहरुका अनुसार दुईतले घर बनाउनु अशुभ हुन्छ र यदि कसैले दुईतले घर बनायो भने परिवारमा समस्या पैदा हुन्छ । दुईतले घरका विषयमा गाउँमा श्राप परेको किम्बदन्ती छ ।

विज्ञापन

किम्बदन्ती अनुसार ७ सय वर्ष अगाडि गाउँमा यस्तो श्राप परेको थियो जसबाट पूरै गाउँलेहरूको जिवन नै बदलियो । आज पनि यो गाउँमा दुईतले घर बनाउने हिम्मत कसैले राख्दैन । किम्बदन्ती अनुसार ७ सय वर्षअघि गाउँमा भेमिया नामका एक व्यक्ति बस्दथे । एकदिन उनले गाउँमा चोर पसेको थाहा पाए ।

चोरले गाउँलेहरूका पशु चौपायाँहरू चोरेर लैजान थाल्यो । चोरहरुले पशु चोर्न थालेको देखेपछि भेमिया एक्लै चोरसँग भिड्न गए । चोरले उनलाई आक्रमण गरेर गम्भीर घाइते बनाइदिए ।

चोरबाट बँच्नका लागि भेमिया त्यहाँबाट भागेर ससुराली गाउँ गए र घरको दोश्रो तलामा लुकेर बसे । उनलाई पछ्याउँदै आएका चोरले फेला पारे र उनीसँगै उनका ससुरालीका मान्छेमाथि पनि कुटपिट गरे । घाइते हुँदापनि भेमिया चोरसँग लडिरहे ।

तर चोरले भेमियाको गर्धन नै काटिदिए । त्यति हुँदा पनि भेमिया चोरसँग लड्दै आफ्नो गाउँको सिमानाको नजिकै आइपुगेका थिए । अन्तमा भेमियाको मृत्यु भयो र उनको मृत शरीर उनको गाउ उडसरमै ढल्यो ।

भेमियाको मृत्युपछि उनकी पत्नी त्यहाँ आइपुगिन् । पतिको मृत्युले शोकविह्वल बनेकी उनको पत्नीले क्रोधमा गाउँलेलाई श्राप दिइन्- गाउँमा कुनै पनि व्यक्तिले यदि दुईतले घर बनाएमा उसको परिवारको विनाश होस् भनेर । त्यसपछि उनले पतिको नाममा मन्दिर बनाइन् । त्यसयता उडसर गाउँमा कसैले पनि दोश्रो तलासम्मको घर बनाएको छैन । सबै घर एकतले छन् ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार