होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल चुनाव लड्न रौतहट फर्किने
समाचार

माधव नेपाल चुनाव लड्न रौतहट फर्किने

  • नागरिक रैबार
माधव नेपाल चुनाव लड्न रौतहट फर्किने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए ।

तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ ।

विज्ञापन

चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ ।

एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले उहाँलाई रौतहट १ मा आउन अनुरोध गरेका छौं । उहाँले पनि आउनसक्छु भन्नुभएको छ ।’अध्यक्ष नेपाल उम्मेदवार भए सहज जित्ने उनको दाबी छ । भन्छन्, ‘एक्लै प्रतिस्पर्धा भयो भने पनि उहाँले जित्नुहुन्छ । गठबन्धन भयो भने अझ सहज हुन्छ ।’

स्थानीय तह निर्वाचन–१०७९ को परिणामले पनि रौतहट–१ एकीकृत समाजवादी बलियो देखिएको छ ।वडाध्यक्षमा पाएको मत जोड्दा रौतहट–१ मा एकीकृत समाजवादीले सबभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ । १६ हजार ९२८ मतसहित कांग्रेस दोस्रो हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत १२ हजार ६२ छ । जनता समाजवादी पार्टी (जसपा) को ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै