होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपसभामुख भुसालद्वारा पदभार ग्रहण
समाचार

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

  • नागरिक रैबार
उपसभामुख भुसालद्वारा पदभार ग्रहण

काठमाडौँ — नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै भुसालले आफूले काम –कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन् ।

‘छोटो समय भएपनि जिम्मेवारीका साथ काम गर्नेछु । जिम्मेवारी बढेको महसुस गरेकी छु । संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारिताकासाथ काम कारबाही अघि बढाउनेछु,’ उनले भनिन्, ‘सदनलाई पनि प्रभावकारी ढंगबाट अघि बढाउन ३/४ महिना जतिको समय छ,त्यो समय अत्यन्त महत्त्वपूर्ण रहनेछ ।

त्यही अनुसार भूमिका निर्वाह गर्नेछु।’ भुसालले आइतबार राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । उनी शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार