होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीमा म्यादी प्रहरीमाथि खुकुरी प्रहार, ३ जना घाइते
समाचार

मार्तडीमा म्यादी प्रहरीमाथि खुकुरी प्रहार, ३ जना घाइते

  • नागरिक रैबार
मार्तडीमा म्यादी प्रहरीमाथि खुकुरी प्रहार, ३ जना घाइते

बाजुराको सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी माथि खुकुरी प्रहार भएको छ । बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त छन् ।

कटुवाल सँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत वरामद गरिएको छ । मार्तडीमा आइतबार राति एमाले र कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो । प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार