होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १८, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • भारतमा थप पाँच हजार जनामा कोरोना सङ्क्रमण
स्वास्थ्य-जीवनशैली

भारतमा थप पाँच हजार जनामा कोरोना सङ्क्रमण

  • नागरिक रैबार
भारतमा थप पाँच हजार जनामा कोरोना सङ्क्रमण

एजेन्सी: भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन्।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो। भारतमा कोरोना भाइरस न्युनीकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाइ रहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन्। मृतकको सङ्ख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार