होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भरूवा बन्दुक पड्किँदा बारामा एकको मृत्यु
समाचार

भरूवा बन्दुक पड्किँदा बारामा एकको मृत्यु

  • नागरिक रैबार
भरूवा बन्दुक पड्किँदा बारामा एकको मृत्यु

बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ। जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारीले जंगली जनावर मार्न राखेको धराप (भरूवा बन्दुक) पड्किँदा उनको मृत्यु भएको हो।

भरूवा बन्दुक पड्किँदा उनी घाइते भएका थिए। घाइते भएका उनलाई बयोधा अस्पताल वीरगंज लगिएको थियो। त्यसक्रममा उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो।

विज्ञापन

घटनास्थलमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ।घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको छ।प्रहरी नायब उपरीक्षकका अनुसार बन्दुक कसको हो भन्ने खुलेको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार