होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा मेयर कपः दशरथचन्दको विजयी सुरुआत
समाचार

बैतडीमा मेयर कपः दशरथचन्दको विजयी सुरुआत

  • नागरिक रैबार
बैतडीमा मेयर कपः दशरथचन्दको विजयी सुरुआत

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी भएको छ। दशरथचन्दले दनपा–७ दुर्गास्थानलाई १२९ रनले पराजित गरेको हो। कूल १९२ रनको लक्ष्य पच्छाएको दुर्गास्थान ६ ५ ओभरमा ६२ रनमै अलआउट भयो। जसमा नवराज बडूले १३ र रमेश बडूले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन्। हारसँगै दुर्गास्थान प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको छ। दशरथचन्दका जगदीश चन्दले सर्वाधिक ६ विकेट हात पारे।

त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौँमा पहिला ब्याटिङ गरेको दशरथचन्द १८।३ ओभरमा १९१ रनमा समेटियो। जसमा जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए। दुर्गास्थानका राकेश बडूले तीन विकेट लिए। दशरथचन्दका जगदीश चन्द ‘म्यान अफ दी म्याच’ चुनिएका स्कोरर खेमराज भट्टले जानकारी दिए।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ। उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार