होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख नाघे
समाचार

मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख नाघे

  • नागरिक रैबार
मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख नाघे

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो ।
यसै आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, समीक्षा अवधिमा भूक्तानीको औजार वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ८४ लाखबाट १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा १ करोड ४ लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड (एटीएम) बाट ८ अर्ब १ करोड ९२ लाख रुपैयाँ, २ लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र २ लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट १ अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।

विज्ञापन

यस्तै अन्य डिजिटल भुक्तानीका साधनहरु कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएस लगायतका प्रणालीबाट समेत अर्बौंको कारोबार भएको बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार