होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीका निलम्बित गाउँपालिका अध्यक्षलाई मतदानमा सहभागी नगराउन माग
समाचार

कैलालीका निलम्बित गाउँपालिका अध्यक्षलाई मतदानमा सहभागी नगराउन माग

  • नागरिक रैबार
कैलालीका निलम्बित गाउँपालिका अध्यक्षलाई  मतदानमा सहभागी नगराउन माग

धनगढी: कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ। जिल्ला समन्वय समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागी नगराउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिएका हुन्।

उनले उपाध्याय विशेष अदालतको फरार सूचीमा रहेकाले उनलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन गरेका छन्। नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्रसमेत काटिसकेको छ।

उनको नाम मतदाताको नामावलीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको छ। भोलि कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै