होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिंदै
समाचार

दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिंदै

  • नागरिक रैबार
दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिंदै

काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।

अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ ।

हालसम्म ५ जनाको शव फेला परेको, १० जना बेपत्ता भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरक्षक (इन्सपेक्टर) जगत मगरले जानकारी दिए । ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् ।

विज्ञापन

बेपत्ता भएकाहरूको आज पनि सुरक्षाकर्मी र स्थानीय नागरिकले खोजी कार्य गरिरहेको इन्सपेक्टर मगरले बताए । आजदेखि राहत वितरणसँग बाढीले थप क्षति नहोस् भनेर लास्कु खोलामा स्थायी तटबन्धन लगाउन सुरु गरिएको छ ।

साथै, सडक सञ्जालबाट विच्छेद भएको दुहु गाउँपालिकालाई सदरमुकामसँग जोड्ने काम पनि सुरु गरिएको छ । नेपाली सेनाको टोलीले दुहुँ जाने सडक मर्मत गर्ने काम सुरु गरेको इन्सपेक्टर जगत मगरले बताए ।

लास्कु खोलामा आएको बाढीले झोलुङ्गे पुल र बन्दै गरेको पक्की पुल बगाएपछि खोलापारिको बस्ती बजारसँग विच्छेद भएको छ ।

बाढीले पुल भत्काएपछि सदरमुकाम जाने भारतको बाटो हुँदै महाकालीका अन्ने पुलको प्रयोग गर्ने पर्ने बाध्यता रहेको दुहु गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताए । केही दिनमै सडक मर्मत भइसक्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार