होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि
समाचार

चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि

  • नागरिक रैबार
चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो ।

आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा हुनेछ । बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुने र चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।

आयोगले परीक्षा केन्द्र उपत्यकामा मात्रै रहनेसमेत जानकारी गराएको छ । परीक्षार्थीको प्रवेशपत्र परीक्षा दिन पाँचदिन अघि अनलाइनमा उपलब्ध गराउने जनाएको छ ।

विज्ञापन

परीक्षार्थीले परीक्षा दिन आउँदा प्रवेशपत्रसँगै नागरिकता वा पासपोर्ट (अनलाइन आवेदनमा पेश गरे अनुसार) को सक्कलप्रति समेत ल्याउनुपर्ने समयतालिकामा उल्लेख छ ।

साथै परीक्षार्थीहरू परीक्षा सञ्चालन हुनुभन्दा २ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने र परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षाहलमा प्रवेश गर्न नपाउने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार