होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा २ दिन बन्द हुने
समाचार

विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा २ दिन बन्द हुने

  • नागरिक रैबार
विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा २ दिन बन्द हुने

दार्चुला: भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ। १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरि आगामी माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

दार्चुलामा नेपाल–भारत जोड्ने ६ वटा सीमापुलसहित बैतडीका सीमा नाकाहरु बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। सीमापुलहरु दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म नेपाल–भारत आवत जावतका लागि खुला गर्ने गरिएको छ। निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुका देखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार