होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन
समाचार

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

  • नागरिक रैबार
त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ ।

कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको काम प्रभावित भएको अनेरास्ववियुले जनाएको छ ।

विज्ञापन

विद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

उनीहरुले त्रिविको गुण्डागर्दी बन्द गर, विश्वविद्यालय शान्ति क्षेत्र कायम गर जस्ता नारा लगाएका थिए ।

अनेरास्ववियुले बुधबार एक विज्ञप्ति जारी गरी विश्वविद्यालयको ताला तीन दिनभित्र नखोले तोड्ने चेतावनी दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै