होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछामका विनोद शाहीको न्यायका लागि राजधानीमा पनि संघर्ष
समाचार

अछामका विनोद शाहीको न्यायका लागि राजधानीमा पनि संघर्ष

  • नागरिक रैबार
अछामका विनोद शाहीको न्यायका लागि राजधानीमा पनि संघर्ष

धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का मृतक विनोद शाहीको न्यायको लागि काठमाडौंमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ।परिवार तथा आफन्तले काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। आफन्तले जेठ २९ गतेसम्मको लागि संघर्षका कार्यक्रमसमेत घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा परिवारका सदस्य अर्जुनविक्रम शाहीले आफूहरूको किटानी जाहेरीसमेत प्रहरीले नलिएको जानकारी दिँदै न्यायको लागि गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउनेदेखि अछामका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नगर प्रमुखको पुत्ला दहन कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए। स्थानीय सरकारले नै हत्याराको संरक्षण गरेको भन्दै शाहीले आपत्ति जनाए।

परिवारका अर्का सदस्य धिरेन्द्र शाहीले फरक राजनीतिक आस्थाकै कारण नेपाली कांग्रेस नेतृत्वको स्थानीय सरकारले मध्यराति प्रहरी पठाएर आतंक मच्चाएको बताए। उनले आफ्नो अभिमत राख्ने अधिकार समेत खोस्ने प्रयास गरेको बताउँदै भने, ‘फरक राजनीतिक आस्थाकै कारण कांग्रेस नेतृत्वका स्थानीय सरकारले सर्वसाधारणमाथि आतंक मच्चाएको छ। हाम्रै परिवारको सदस्यको हत्या गर्ने, जाहेरी नलिने रु हत्यारालाई कारबाहीको गर्नुको साटो स्थानीय सरकारले नै उल्टो संरक्षण गरेको छ।’

पत्रकार सम्मेलनमा बोल्दै कपिल सिजापतिले विनोद शाही निर्दोष रहेको बताउँदै दोषीलाई कडा कारबाहीको माग गरे। उनले चुनावी प्रतिशोध साध्न नगर प्रमुख अम्बिका चलाउनेको निर्देशनमा उक्त घटना भएको भन्दै सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन मागसमेत गरे। विनोदको न्यायको लागि अर्जुनविक्रम शाहीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरिएको छ। संघर्ष समितिले बुधवार नै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ।

विज्ञापन

त्यस्तै, जेठ २६ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ २७ गते साँझ पुत्ला दहन गर्ने, जेठ २८ गते दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने संयोजक शाहीले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै