होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • डडेल्धुरामा आजदेखि मदिरा बिक्रीवितरण र सेवनमा गर्न नपाइने
देश/प्रदेश

डडेल्धुरामा आजदेखि मदिरा बिक्रीवितरण र सेवनमा गर्न नपाइने

  • नागरिक रैबार
डडेल्धुरामा आजदेखि मदिरा बिक्रीवितरण र सेवनमा गर्न नपाइने

डडेल्धुराः डडेल्धुरामा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जिल्लाभर आज वैशाख २६ गतेदेखि मदिराको बिक्रीवितरण, ओसार–पसार तथा सेवनामा पूर्णरूपमा रोक लगाइएको हो।

प्रशासनले हिजो आइतबार एक सूचना जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सोमबारदेखि निर्वाचन परिमाण घोषणा नहुन्जेलसम्म मदिरा बिक्रीवितरण र सेवनमा पूर्णरूपमा रोक लगाइएको प्रजिअ जोशीले बताए।

यदि कसैले सोको विपरीत काम कारबाही गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार