होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार उमाकान्त पाण्डेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन
समाचार

पत्रकार उमाकान्त पाण्डेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

  • नागरिक रैबार
पत्रकार उमाकान्त पाण्डेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ — यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा पत्रकार र युवा विद्यार्थीहरूले धर्ना दिएका हुन् ।

प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दूतावास र राजदूतले आफ्नो देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध भएको बताए । उनले पत्रकार पाण्डेलाई रिहाईको लागि परराष्ट्रय मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्ने बताए ।

पत्रकार पाण्डेलाई जेल हाल्नका लागि राजदूत ढकालले नै युएईको प्रशासनलाई लेखेको पत्र महासंघले प्राप्त गरेको भन्दै अध्यक्ष पोखरेलले अख्तियारको दुरुपयोग र आफ्नै नागरिकलाई विदेशको जेल हाल्न षड्यन्त्र गर्ने राजदूतलाई पदमा बस्ने कानुनी आधार र नैतिकता नभएको बताए ।

विज्ञापन

पत्रकार पाण्डेले नेपालमा रहँदा गएको जनवरी ७ अर्थात् पुस २३ गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा स्ट्याटस लेखेका थिए । फेसबुकमै लेखेको आधारमा पत्रकारलाई जेल पठाइनु संविधानमा भएका मौलिक हककै उल्लंघन भएको भन्दै पत्रकारहरूले विरोध गर्दै आएका छन् ।

यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै पाण्डे जेलमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार