होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • हजारौं मानिसमा बाँडिदैछ ३ करोड मूल्यको यो सिक्का
विचित्र संसार

हजारौं मानिसमा बाँडिदैछ ३ करोड मूल्यको यो सिक्का

  • नागरिक रैबार
हजारौं मानिसमा बाँडिदैछ ३ करोड मूल्यको यो सिक्का

सुन्दा अचम्म लाग्न सक्दछ । तर यो एउटा विशेष सिक्काचाहिं हजारौँ मानिसमा बाँडिदैछ । यो सिक्का कुनै चानचुने सिक्का होइन । यसको मूल्य झण्डै सबा ३ करोड रुपैयाँ छ ।

यति धेरै मूल्य हुने यो सिक्का हिरा जडित होला अनि कुनै बहुमूल्य धातुबाट बनेको होला भन्ने अनुमान गर्नुभयो भने तपाईं गलत हुनुहुन्छ । यो सिक्का तामाबाट बनेको छ । यसको मूल्य यति धेरै हुनुको विशेष कारण छ ।

वास्तवमा यो सिक्कामा एडवार्ड आठौंको तस्वीर छ । एडवार्ड बेलायतका राजा थिए । उनी केवल ११ महिना मात्रै राजगद्दीमा बसेका थिए । उनको तस्वीर हुनुकै कारण यो सिक्का यति बहुमूल्य बनेको हो ।

विज्ञापन

यो सिक्का सन् १९३७ मा बजारमा आउनेवाला थियो । तर राजा एडवार्ड आठौंले अमेरिकामा बस्ने एकजना एकल महिला वालिस सिम्पसनसँग विवाह गरे र सोही कारण उनले १९३६ मा सिंहासन पनि त्यागिदिए । सोही कारण १९३७ मा बजारमा आउने यो सिक्का प्रचलनमा आउन पाएन ।

त्यसपछि सन् १९७८ मा यो तापाको ५० खाले सिक्कामध्ये एउटा सिक्का ४० लाख रुपैयाँ बेचियो । सन् २०१९ मा यसको मूल्य बढेर २ करोड १५ लाख रुपैयाँ पुग्यो । हाल यो सिक्काको मूल्य करीब ३ करोड २० लाख रुपैयाँ कायम गरिएको छ ।

अनि यो सिक्काको ४ हजार कित्ता शेयर निर्धारण गरिएको छ । प्रतिकित्ता शेयर करिब ८ हजार रुपैयाँ बराबर छ । उक्त सिक्काको शेयर जो कोहीले खरिद गर्न सक्नेछन् । एकजनाले १० प्रतिशत अर्थात् करीब ४ सय कित्ता शेयर खरिद गर्न सक्नेछ ।

आगामी मार्च ८ देखि यो सिक्काको बिक्री सुरु हुनेछ । वास्तवमा शोपिस डटकम ले यो सिक्काको विमा गराएको छ । शोपिसका संस्थापक डन कार्टरका अनुसार यो सिक्कासँग एउटा इतिहास जोडिएको छ । त्यसले मानिसहरूलाई आकर्षित गर्नेछ । यो सिक्काको शेयर खरिद गर्न धेरै मानिसहरूले रुचि देखाएका छन् ।

कार्टरका अनुसार हजारौं मानिसलाई यो सिक्काको आंशिक स्वामित्व प्राप्त हुनेछ । आगामी दिनमा यो सिक्काको मूल्य घटबढ हुने अपेक्षा गरिएको छ ।

स्मरण रहोस् एडवार्डसँग सम्बन्धित विभिन्न सामानहरू हालै निकै उच्च मूल्यमा बिक्री भएका छन् । सन् २०२० को जनवरीमा एडवार्डको तस्वीर भएको सुनको सिक्का १६ करोड रुपैयाँ बराबरको मूल्यमा बिकेको थियो ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार