होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढीका कारण बडीमालिका ९ सेलाघाटको बस्ती नै जोखिममा
समाचार

बाढीका कारण बडीमालिका ९ सेलाघाटको बस्ती नै जोखिममा

  • नागरिक रैबार
बाढीका कारण बडीमालिका ९ सेलाघाटको बस्ती नै जोखिममा

नागरिक रैबार/ २१ साउन बाजुरा ।बडीमालिका नगरपालिका ९ सेलाघाटको बिउरा खोलाको बाढीले बस्ती जोखिममा परेको छ । शुक्रबार राती अाएकाे बर्षाले स्थानीय खहरे खोलाको बाढीले सिंगो सेलाघाट बस्ती नै जोखिममा परेको हो ।

बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ । अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिन बहादुर थापाले बताएका छन् ।

May be an image of mountain and tree

विज्ञापन

बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन् । सयै मुरि फल्ने खेतमा लगाएको धानबालीमा समेत क्षति पुगेको छ । भने सिंगो खेत बगरमा परिणत भएको छ । बाढी राती १२:३०बजे अाएकाे अबिरल बर्षा का कारण खेतियाेग्य जमिन समेत पुर्णरुपमा क्षेति पुर्याएकाे छ ।

बाढी आएको थाहा पाएपछि स्थानीय राती नै घरबाट सरेका थिए । गाउँकै छेउमा बर्षादको समयमा मात्र आउने खहरे खोलाले बस्ती नै जोखिम हुनेगरि बाढी आउने स्थानीयले कल्पना समेत गरेका थिएनन् । खहरे खोलाको बाढीकै कारण साँफे मार्तडी सडक पनि अवरुद्ध भएको छ ।

May be an image of nature

बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ । सेलाघाट बस्तीलाई सार्नुको अर्को विकल्प नै देखिएको छैन् । अहिले सबे परिवार सुरक्षित रहेको र अन्यन्त्र बासका लागि प्रबन्धक गर्नु पर्ने प्रहरीले बताएको छ ।

May be an image of mountain, nature and waterfall

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै