होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन अवरुद्ध
समाचार

जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन अवरुद्ध

  • नागरिक रैबार
जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन अवरुद्ध

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा विगत एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । समस्या आएको एक हप्ता बितिसक्दा पनि सुधार नभएपछि हिमा गाउँपालिका एक सातादेखि सम्पर्क विहीन बनेको हो ।

नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको रिपिटर टावरको हर्नमा क्षति भएपछि टेलिफोनमा समस्या आएको हा । जसका कारण नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन केन्द्रित सूचना प्रवाह तथा दैनिक कार्यसम्पादनमा समस्या भएको छ ।

निर्वाचनको समयमा टेलिफोनमा अवरुद्ध आएपछि सकस भएको र कार्यालयको काममा पनि बाधा भएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो ।

विज्ञापन

उहाँका अनुसार आपसी सञ्चार र समन्वय गर्न कठिन भएको छ । निर्वाचनकै मुखमा हप्ताबढी सञ्चार अवरुद्ध हुनु दुखद पक्ष हो । नेपाल टेलिकमले सुधारमा ध्यान दिन उहाँको सुझाव छ ।
अर्कोतिर बिरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन पनि सञ्चार समस्याले एम्बुलेन्स तत्काल नपाइने स्थित भएको छ । निर्वाचनको मुखमा टेलिफोन नहुँदा समस्या भएको एक हप्ता सम्म टेलिफोन छैन । निर्वाचनका विषयमा समन्वय सहकार्यको काम समेत ठप्प भएको छ ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरको हर्नमा क्षति भएपछि समस्या आएको बताए । उहाँका अनुसार पुनर्निर्माणको सामान जुम्लामा थिएन । काठमाडौँबाट आइपुग्न समय लाग्यो । सामाग्री काठमाडौँबाट नेपालगंज पुगेको छ । अव जहाजमा जुम्ला आउने र चाडै निर्माण गरी सञ्चालनमा ल्याइने छ ।

सामान पुग्ने बित्तिकै टेलिफोन सेवा सुधारका लागि जनशक्ति परिचालन गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार