होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घरेलु पेस्तोलसहित ३ जना पक्राउ
समाचार

घरेलु पेस्तोलसहित ३ जना पक्राउ

  • नागरिक रैबार
घरेलु पेस्तोलसहित ३ जना पक्राउ

दाङको लमही नगरपालिकाबाट प्रहरीले घरेलु पेस्तोल र घरेलु हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका २० वर्षीय सोमु विक, रुपन्देही घर भएका ४० वर्षीय रुकमान सुनार उर्फ कमल र दाङ घर भएका ७३ वर्षीय मुमबहादुर घर्ती मगर छन् ।

उनीहरुको साथबाट घरेलु पेस्तोल १ थान, फलाम पिट्न प्रयोग हुने फलामको लि, फलाम काट्ने छिनो, छिनोट काट्ने फलामको सनासो, ३ थान घन लगायतका घरेलु हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लमही र अस्थायी प्रहरी चौकी नर्तिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सो पेस्तोल आरोपी मुमबहादुर घर्तीले ३ हजारमा बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार