होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीलाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने निर्वाचन आयोगको तयारी
समाचार

प्रधानमन्त्रीलाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने निर्वाचन आयोगको तयारी

  • नागरिक रैबार
प्रधानमन्त्रीलाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आगामी प्रदेश र संघको चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेटेर छलफल गर्न समय मागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘आगामी प्रदेश र संघको चुनाव गर्न प्रधानमन्त्रीज्यूसँग समय मागेका छौँ । आज मिलेन । भोलि वा पर्सीसम्म समय मिल्छ होला’, थपलियाले  भने, ‘त्यसपछि चुनावका लागि दिन प्रस्ताव गर्नेछौँ ।’ थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता मिति प्रस्ताव गर्ने तयारी गरिएको बताए । कात्तिक महिनामा तिहार र छठ भएकाले मंसिर पहिलो साता चुनाव गर्न सुझाव आएको बताइएको छ । सबै सुझाव अध्ययन गरेर आयोगले उपयुक्त दिन चुनावको प्रस्ताव गर्नेछ भने लगत्तै मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

आयोगले प्रदेश र संघको चुनाव एकै चरणमा गर्न सकिने भन्दै सोही अनुसार तयारीमा जुटिसकेको छ । प्रदेश र संघको चुनाव एकै चरणमा गर्दा खर्चपनि कम हुने आयोगको विश्लेषण छ । एकै चरणमा चुनाव गर्नेगरी आयोगले सरकारलाई दबाब दिएको छ । सुरक्षा संयन्त्रले भने दुई चरणमा चुनाव गर्दा सजिलो हुने राय दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार