होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टिभी हेर्न नपाएको भन्दै हजुरआमाको हत्या
समाचार

टिभी हेर्न नपाएको भन्दै हजुरआमाको हत्या

  • नागरिक रैबार
टिभी हेर्न नपाएको भन्दै हजुरआमाको हत्या

उदयपुर: टिभी हेर्न नपाएको झोकमा हजुरआमाको हत्या गरेको आरोपमा एक नातिनी पक्राउ परेकी छिन्। उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेकी हुन्।y

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायका अनुसार ममताले रिसइबीका कारण हत्या गरेको बताए। ‘टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जाँदा विवाद उत्पन्न भएको थियो,’उनले भने, ‘नातिनी ममताले मृतक हजुरआमा सुखनीदेवीको छात्तिमा लात्तीले हानी भुईमा लडाई घाँटीमा थिची हत्या गरेको बयान दिएकी छिन्।’

मृतकलाई खाटमा सुताई भागेको भन्ने सूचनाबाट अनुसन्धान गरी गएको वैशाख १८ गते ममतालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार