होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली
समाचार

आज सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली

  • नागरिक रैबार
आज सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउँदैछन्। उनी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आइरहेका हुन्।आज (बिहीबार) कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले बताए।

उनका अनुसार ओली सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन्।

विज्ञापन

त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न गर्ने छन्। ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार