होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा विभाजनले समाजवादको यात्रा पर सरेको छ : घनश्याम भुसाल
समाचार

नेकपा विभाजनले समाजवादको यात्रा पर सरेको छ : घनश्याम भुसाल

  • नागरिक रैबार
नेकपा विभाजनले समाजवादको यात्रा पर सरेको छ : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले क्रान्ति भनेको मान्छेको जीवन बदल्ने कुरा भएको बताएका छन् । आइतबार काठमाडौमा भएको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा भावनाले मात्रै क्रान्ति नहुने बताएका हुन् । ‘क्रान्ति भनेको मान्छेको जीवन बदल्ने कुरा हो ।

भावना र कल्पनामा मात्रै बहकिने कुरा होइन’, भुसालले मारक्सको उदाहरण दिँदै भने, ‘भावना हुन्छ क्रान्तिमा, भावना हुन्छ जीवनमा तर स्वयं त्यो भावनाले जीवनलाई हेर्छ हेर्दैन ? भन्न सकिएन भने क्रान्ति कविता र अभिलाषामात्रै हुन्छ ।’

उनले नेपालमा मार्क्सवाद र समाजवादको विकास गर्न तत्कालीन नेकपा विभाजन नभएको भए फड्को मार्ने सकिने आफुले देखेको बताए । ‘अस्ति हामीले पार्टी एकता गर्यौ, तर केपी ओली र प्रचण्डको झगडा परेछ, अनि पार्टी विभाजन भएछ र फेरि अर्को कोर्षमा लागेछ । कुरा यतिमात्रै छैन’, भुसालले भने, ‘नेपालको मार्क्सवाद र समाजवादको इतिहासको कुरा गर्ने हो भने त्यो पार्टी एकताले एउटा असाधारण बाटो खोलेको थियो ।’

विज्ञापन

उनले नेकपा नफुटेको भए १०, १२ वर्षमा सामाजिक, आर्थिक र सामाजिक फड्को मार्न सकिने भएपनि त्यसमा सामेल पात्रहरुका कारण समाजवाद अझ परपर गएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार