होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङमा दुई मतदानस्थल थप र चारको स्थान परिवर्तन गर्न सिफारिस
समाचार

बझाङमा दुई मतदानस्थल थप र चारको स्थान परिवर्तन गर्न सिफारिस

  • नागरिक रैबार
बझाङमा दुई मतदानस्थल थप र चारको स्थान परिवर्तन गर्न सिफारिस

काठमाडौं । आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप गर्न सिफारिस गरेको हो ।

मतदानस्थल थप गर्न निवेदन आएपछि थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय ३५ मतदानस्थल हुनेछन् ।

विज्ञापन

मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका चार मतदानस्थल मतदातालाई पायक नपर्ने ठाउँमा रहेका र मतदानस्थल भएका विद्यालयमा बाढीपहिराले क्षति पुर्‍याएपछि मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसमा थलारा गाउँपालिका–६ मा रहेको त्रिभुवन आधारभूत विद्यालय पिखेतमा रहेको विद्यालयमा पहिराले क्षति पुर्‍याएपछि वडा कार्यालयमा, थलारा–८ को शैलेश्वरी आधारभूत विद्यालय देवस्थलीमा पनि पहिराले क्षति पुर्‍याएपछि वडा कार्यालयमा, साइपाल गाउँपालिका-५ धुली माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा नागरिकले पायक नपर्ने ठाउँमा बनाएको भनेपछि एराङपुरी डाँडामा रहेको सामुदायिक भवनमा र खप्तडछान्ना गाउँपालिका-१ जगदम्बा आधारभूत विद्यालयमा पहिराले क्षति गरेपछि विद्यालय भवन नै अन्यत्र सारेकाले मतदानस्थल पनि विद्यालय सरेको ठाउँ वयालपाटा भन्ने ठाउँमा सारेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार