होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा १७ वर्षीया किशोरीमाथि कारमै सामूहिक बलात्कार
समाचार

भारतमा १७ वर्षीया किशोरीमाथि कारमै सामूहिक बलात्कार

  • नागरिक रैबार
भारतमा १७ वर्षीया किशोरीमाथि कारमै सामूहिक बलात्कार

एजेन्सी, २० जेठ । भारतको हैदरावादमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा ४ जना किशोर संलग्न भएको खुलेको छ ।

किशोरीमाथि बलात्कार गर्नेहरु नाबालिग नै रहेको इन्डियन एक्सप्रेसले लेखेको छ । शनिबार साँझ पबमा गएकी किशोरीलाई किशोरहरुले कारमा घर पुर्याइदिने भनेका थिए । तर, उनीहरुले कारमा राखी बलात्कार गरेका थिए ।

जन्मदिनको भोजमा किशोरी बाबुआमासँग सोधेर गएकी थिइन् । त्यहाँ रक्सी नभएको थाहापाएर बाबुआमाले पठाएका थिए । तर, किशोरी बलात्कृत भएकी थिइन् ।

विज्ञापन

प्रहरीमा दुई दिनपछि घटनाको उजूरी परेको थियो । किशोरीले सुरुमा बलात्कारबारे नभनेको र काउन्सिलिङका क्रममा घटना खुलाएकी थिइन् । उनी निकै तनावमा थिइन् । प्रहरीले कारको पहिचान गरिसकेको र घटनाका अभियुक्तहरुको पनि पहिचान गरी पक्राउ गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार