होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • तपाईंको स्मार्टफोन हरायो ? फोन खोज्न गुगलको यो फिचर सहयोगी हुनेछ
सूचना-प्रविधि

तपाईंको स्मार्टफोन हरायो ? फोन खोज्न गुगलको यो फिचर सहयोगी हुनेछ

  • नागरिक रैबार
तपाईंको स्मार्टफोन हरायो ? फोन खोज्न गुगलको यो फिचर सहयोगी हुनेछ

हामीले धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाही विभिन्न कारणले हामीले प्रयोग गरिरहेको स्मार्टफोन हराउन पुग्दछ ।आफ्नो फोन हराउँदा फोनको मूल्यका कारण मात्र होइन त्यसमा रहेका आफ्ना निजी तथा महत्वपूर्ण डाटा अन्य व्यक्तिको हातमा पर्ने चिन्ताले पनि हामीलाई निकै तनाव दिन्छ ।

हराएको फोन खोजीका लागि प्रहरीको निवेदन दिनेलगायतका अन्तिम विकल्प त छँदैछन् । तर सुरुमा तपाईंले आफ्नो हराएको फोन कहाँ छ भनेर गुगलको सहयोगमा आफैले ट्रयाक गर्न सक्नुहुन्छ ।

यदि तपाईंले आफ्नो एन्ड्रोइड फोन हराउनुभयो भने गुगलको इनबिल्ट फिचर Find My Device को सहयोगमा खोजी गर्न सक्नुहुन्छ । यो फिचर लगभग सबै एन्ड्रोइड डिभाइसमा हुन्छ । यसबाट प्रयोगकर्ताले हराएको स्मार्टफोन कहाँ छ भनेर घरबाटै ट्रयाक गरी त्यसलाई टाढाबाटै लक गरेर डाटा पनि डिलिट गर्न सकिन्छ ।

विज्ञापन

यसका लागि सबैभन्दा पहिले https://www.google.com/android/find वेबसाइटमा लगइन गर्नुपर्दछ । त्यसका अलावा Find My Device एपलाई प्ले स्टोरबाट डाउनलोड पनि गर्न सक्नुहुन्छ ।

उक्त फिचर प्रयोग गर्नका लागि तपाईंको फोनमा एन्ड्रोइड ८ वा त्यसभन्दा माथिल्लो संस्करणको अपरेटिङ सिस्टम हुनुपर्दछ । त्यसका लागि आफ्नो फोनको सेटिंग्समा गएर Security and Location सेटिंग्समा गई Find My Device अप्सन अन गरेको हुनुपर्दछ । फोन ट्रयाक गर्नका लागि त्यसको लोकेसन पनि अन हुनुपर्दछ ।

कुनै ब्राउजरमा https://www.google.com/android/find खोलिसकेपछि आफ्नो स्मार्टफोनसँग जोडिएको गुगल अकाउन्ट लगइन गर्नुहोस् । लगइन भैसकेपछि तपाईंको हराएको फोनको लोकेशन, कनेक्टिभिटी तथा ब्याट्री लाइफ पनि देखाउँदछ ।

वेब पेजको दायाँ भागमा तपाईंको फोनको अहिलेको फोनको लोकेसन देखाउँदछ । लोकेसन पिनमा क्लिक गरेर तपाईंले नेभिगेसन सुरु गर्न सक्नुहुन्छ । Find My Device को सहयोगमा तपाईं आफ्नो फोन लक पनि गर्न सक्नुहुन्छ । साथै फोनमा रहेका डाटा पनि डिलिट गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले Erace Device को अप्सनमा क्लिक गर्नुपर्दछ ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि