होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान (भिडियोसहित)
विचित्र संसार

शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान (भिडियोसहित)

  • नागरिक रैबार
शरीरमा एकसाथ ८५ चम्चा अड्याएर विश्व किर्तिमान (भिडियोसहित)

काठमाडौं । इरानका एक व्यक्तिले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् ।

इरानको अकराजमा बस्ने ५० वर्षका एबोलफाजल मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् ।

मोख्तारीका अनुसार उनले बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका थिए ।

विज्ञापन

आफूले बच्चैदेखि आफूमा यो क्षमता देखेको र धेरै वर्षको अभ्यास र कडा मेहेनतबाट क्षमतामा वृद्धि गर्दै विश्व किर्तिमान कायम गरेको उनले बताएका छन् ।

आफुले जुनसुकै चिज पनि आफ्नो शरीर सन्तुलनमा अड्याउन सक्ने उनी बताउँछन्। समतल सतह भएका प्लास्टिक, गिलास, फलफूल, ढुंगा, काठदेखि बच्चासमेत उनले जिउमा टाँसेर अड्याउन सक्दछन् ।

स्मरण रहोस् यसअघि शरीरमा सबैभन्दा धेरै चम्चा अड्याउने कार्यको किर्तिमान स्पेनको मार्कोस रुइज सेबालोसको नाममा थियो । उनले जिमा ६४ वटा चम्चा अड्याएका थिए । तर मोख्तारीले उनको ६४ चम्चाको किर्तिमान भंग गर्ने क्रममा आफ्नो जिउमा ८५ चम्चा अड्याइदिएका छन् । एजेन्सीको सहयोगमा

https://www.tiktok.com/trending?referer_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F&referer_video_id=7056377145437719814&refer=embed

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार