होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका पदाधिकारीले लिए शपथ
समाचार

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका पदाधिकारीले लिए शपथ

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका पदाधिकारीले लिए शपथ

धनगढी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई पदको शपथ गराएकी छन्।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा बुधबार आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराए।

प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेश प्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गरेका थिए।

विज्ञापन

 

डडेल्धुराको अजयमेरु गाउँपालिका–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलालीका प्रजिअ थिए।यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन्। नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार