होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशन : १ बजेपछि मतगणना
समाचार

एमाले महाधिवेशन : १ बजेपछि मतगणना

  • नागरिक रैबार
एमाले महाधिवेशन : १ बजेपछि मतगणना

नवलपुर: सौराहमा जारी नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए।

बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए। निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ। एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो।

महाधिवेशनमा दुई हजार ९२ जनाले मतदान गरेका उनले बताए। एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो। निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए।

विज्ञापन

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो। खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार