होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • शिष्टाचारको कसीमा मुख्यमन्त्री भट्टः प्रचण्डको स्वागतमा ‘मुख्यमन्त्री’ पुगे वा ‘त्रिलोचन भट्ट’ ?
राजनीति

शिष्टाचारको कसीमा मुख्यमन्त्री भट्टः प्रचण्डको स्वागतमा ‘मुख्यमन्त्री’ पुगे वा ‘त्रिलोचन भट्ट’ ?

  • नागरिक रैबार
शिष्टाचारको कसीमा मुख्यमन्त्री भट्टः प्रचण्डको स्वागतमा ‘मुख्यमन्त्री’ पुगे वा ‘त्रिलोचन भट्ट’ ?

धनगढीः पछिल्लो समय सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेश सरकारको समिकरण र आफ्नो शिष्टाचारशैलीको कारण चर्चामा रहिआएका छन्।

खासमा सादगी र इमान्दार नेताका रुपमा छवि बनाएका भटट्को पछिल्लो शिष्टाचारको शैलीलाई लिएर भिन्न–भिन्न कोणबाट टिकाटिप्पणी हुँदै आएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि उनी आवद्ध नेकपा २ खेमामा विभक्त छ। उनी प्रचण्ड–नेपाल खेमामा छन्।

विज्ञापन

नेकपा विभाजनपछि जब नेकपाको समूहगत ठूला कार्यक्रमहरु सुदूरपश्चिममा हुन्छन्, तब उनको शिष्टाचारको शैलीलाई लिएर टिकाटिप्पणी हुन्छन्।

 

गत पुस २४ गते नेकपा ओली समूहले धनगढीमा आयोजनता गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी आए। तर त्यसअघि धनगढी आउँदा विमानस्थलमै स्वागत गर्न पुग्ने मुख्यमन्त्री भट्ट एकाएक नपुगेपछि उनको शिष्टाचारशैलीले चर्चा पायो।

तर प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतको रुपमा नभइ गुट विशेष नेताको रुपमा गुटको भेलालाई सम्बोधन गर्न धनगढी आएको र आफुलाई प्रधानमन्त्री ओलीको सुदूरपश्चिम भ्रमणबारे कुनै औपचारिक जानकारी नआएको भन्दै बचाउ गरेका थिए।

तर उनका आलोचकहरु केपी शर्मा ओली देशको कार्यकारी प्रमुख भएको नाताले नैतिक रुपमा र नेपालीहरुको संस्कार नै अतिथि देवो भव भन्ने रहेकोले पनि स्वागत गर्न जानुपर्ने भन्दै उनी विरुद्ध खनिए।

उनका सहयोद्धा नेता तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट र वन मन्त्री प्रेम आलेमगरले त सार्वजनिक रुपमा नै मुख्यमन्त्री भट्टमा राजनैतिक संस्कार नै नभएको भन्दै कडा आलोचना गरे।

अर्कोतिर उनका समर्थकहरुले उनको बचाउ गर्दै मुख्यमन्त्री भट्टले चाकडी प्रथाको अन्त्य गरेको भन्दै प्रशंसा गरे।

ओली समूहले जनसभा आयोजना गरेको महिना दिन बित्न नपाउँदै प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा जनसभा आयोजना गरेको छ। जसको मुख्यवक्ता प्रचण्ड र माधव नेपाल हुन्। उनी २ दिनदेखि लगातार ती २ नेताहरुको स्वागतको लागि विमान स्थल पुगेका छन्। शुक्रबार धनगढी पुगेका नेता नेपाल र शनिबार पुगेका प्रचण्डको स्वागतको लागि सरकारी झण्डावाल गाडीसहित विमानस्थल पुगेका हुन्।

उनको स्वागत सत्कारको शैलीमा पुनः सबैको ध्यान एकाएक केन्द्रित भएको हो। उहि सागदी छविका मुख्यमन्त्री भट्टको शिष्टाचारले सवाल उठान गरेको छ, “समूहगत भेलाको क्रममा धनगढी आएका प्रचण्ड र नेपाललाई मुख्यमन्त्री भट्टले ‘माननीय मुख्यमन्त्री’को हैसियतले स्वागत गर्न गए या निहित समूहको ‘कार्यकर्ता’को हैसियतले ?”

स्वागतको क्रममा विमान स्थल पुगेका प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले भने, “पार्टीको नेता तथा कार्यकर्ताको हैसियतले हामी आफ्नो अध्यक्षहरुको स्वागत गर्न आएका हौ। यसअघि प्रधानमन्त्री आउँदा जानकारी नहुँदा आउन सकिएन। संघीयता समन्वयमा चल्ने हो तर समन्वय नहुँदा असहज भएको हो।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार