होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
विचित्र संसार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

  • नागरिक रैबार
कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् ।

भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् ।

यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ । सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अनौठो छ । त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वायफ्रेण्ड बनाउनै पर्नेछ । ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ ।

विज्ञापन

सोसल मिडियामा भाइरल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ । छात्राहरुको सुरक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ त्यस सूचनामा । भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ । छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वायफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ ।

आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सूचना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्रशासनको ध्यान आकर्षित भएको छ ।

सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फर्जी रहेको कलेज प्रशासनले जनाएको छ । कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त कारावही हुने पनि कलेजले जनाएको छ ।

–एजेन्सीको सहयोगमा

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार