होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहमन्त्री खाँणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
समाचार

गृहमन्त्री खाँणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  • नागरिक रैबार
गृहमन्त्री खाँणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।वर्तमान मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री छैनन् । त्यहीकारण वरियता क्रमअनुसारै देउवाले खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर बेलायत जान लागेका हुन् ।

देउवा २० सदस्यीय नेपाली टोलीसहित शुक्रबारदेखि ७ दिनका लागि स्कटल्याण्डको ग्लास्गो सहरमा कात्तिक १५ र १६ मा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा भाग लिन जाँदैछन् । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने चलन छ ।

कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्यान्ड प्रस्थान
देउवा १८ कात्तिकमा स्वदेश फर्किनेछन् । स्रोतका अनुसार देउवाले बिहीबारै खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र राष्ट्रपति कार्यालय पठाएका थिए । राष्ट्रपतिको कार्यालयले मन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीको पत्र पठाइसकेकाे छ । अब प्रधानमन्त्रीको अनुपस्थिति रहुन्जेल खाँणले प्रधानमन्त्रीले गर्दै आएका दैनिक प्रशासनिक काम गर्नेछन् ।

विज्ञापन

कांग्रेसको सभापतिसमेत रहेका देउवाले पार्टीमा भने कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिएका छैनन् । हाल विजयकुमार गच्छदार र विमलेन्द्र निधि उपसभापति छन् । विगतमा देउवाले निधिलाई कार्यवाहक दिएर हिँड्ने गरेका थिए । तर, यसपटक भने कसैलाई भने कार्यवाहकको जिम्मेवारी दिएका छैनन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार