होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वेदश फर्किँदै परराष्ट्रमन्त्री डा. खड्का
समाचार

स्वेदश फर्किँदै परराष्ट्रमन्त्री डा. खड्का

  • नागरिक रैबार
स्वेदश फर्किँदै परराष्ट्रमन्त्री डा. खड्का

काठमाडौं। संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किँदैछन्। बुधबार राष्ट्र संघको चालू ७६ औँ महासभामा सहभागी भई अमेरिकाको न्यूयोर्कबाट काठमाडौं फर्किन लागेका हुन्।

न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै सो बारेमा जानकारी गराएको छ। नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका खड्काले विभिन्न देशका समकक्षी तथा कुटनीतिक नियोगका उच्च अधिकारीहरुसँग समेत भेटघाट गरेको नियोगले जनाएको छ।

सरकारको सिफारिसमा गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। संयुक्त राष्ट्र संघको महासभामा पठाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका थिए। सोही दिन नै सपथ ग्रहण र कार्यभार सम्हाल्दै परराष्ट्रमन्त्री खड्का अमेरिका प्रस्थान गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार