होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • जहाँ औषधिले होइन शरीरमा आगो लगाएर गरिन्छ उपचार !
विचित्र संसार

जहाँ औषधिले होइन शरीरमा आगो लगाएर गरिन्छ उपचार !

  • नागरिक रैबार
जहाँ औषधिले होइन शरीरमा आगो लगाएर गरिन्छ उपचार !

काठमाडौं । अहिलेसम्म त तपाईले औषधि तथा जडिबुटीबाटै विरामीको उपचार गरेको देख्नु तथा भोग्नुभएको छ होला । तर छिमेकी मुलुक चीन चाँहि विरामीको शरीरमा आगो लगाएर समेत उपचार गर्ने चलन रहेको छ ।

बिरामीको जिउमा आगो लगाएर रोगको उपचार गर्ने यो विधिलाई ‘फायर थेरापी’ भनिन्छ । जुन पछिल्लो १ सय वर्षदेखि चीनमा परम्परागत उपचार पद्धतिको रुपमा प्रचलनमा रहेको छ ।

फायर थेरेपी

विज्ञापन

 

विभिन्न खाले स्वास्थ्य समस्याहरुको उपचारमा फायर थेरापी अबलम्बन गरिन्छ । तनाव, डिप्रेसन, अपच तथा बाँझोपन देखि लिएर क्यान्सर सम्मको उपचारमा फायर थेरापीको प्रयोग गर्ने गरिएको छ । उपचारको यो पद्धति चीनको प्राचीन मान्यताहरुमा आधारित छ, जस अनुसार शरीरमा गर्मी र चिसोबीचको सामान्जस्यता काम गर्नुपर्ने कुरामा जोड दिइन्छ ।

यस थेरापीमा सुरुमा विरामीलाई घोप्टो पारेर सुताइन्छ र उसको पिठ्यूँमा जडीबुटीबाट तयार गरिएको लेप दलिन्छ । त्यसपछि जडिबुटी दलेको पिठ्यूँलाई एउटा रुमालले छोपिन्छ । त्यसमाथि पानी वा अल्कोहलका छेपिन्छ र अन्तिममा त्यसमा आगो लगाइन्छ ।

फायर थेरेपी

फायर थेरापीलाई विभिन्न प्रश्न उठ्ने गरेका छन् । जस्तै त्यस्तो उपचार गराउनेहरुसँग प्रमाणपत्र भए नभएको र जिउमा आगो लगाउँदा हुनसक्ने दुर्घटनाबाट बँच्ने उपाय छन् कि छैनन् ?

फायर थेरापीको काम गर्दै आएका झांग फेंगाओका अनुसार राम्रोसँग नसिक्दै काम गर्नाले कहिलेकाहीँ मानिसहरुको जिउमा चोटपटक लाग्ने वा अनुहार तथा शरीरका अन्य अंगहरु जल्ने घटना पनि हुने गरेका छन् । आफूले अहिलेसम्म हजारौँ जनालाई आगोबाट उपचार गरिसकेको र अहिलेसम्म कुनैपनि यस्तो दुर्घटना नभएको उनको दाबी छ ।

फायर थेरेपी

झांगका अनुसार फायर थेरापी मानव इतिहासको चौथो ठूलो क्रान्ति हो । यसले चिनिया तथा पश्चिमा दुबै प्रकारका उपचार पद्धतिलाई पछि पारिसकेको छ । विभिन्न जटिल रोगको उपचारमा ठूलो धनराशी खर्च गर्न नसक्ने मानिसहरुका लागि फायर थेरापी निकै सस्तो तथा उत्तम उपचार विधि रहेको उनको दाबी छ ।

एजेन्सीको सहयोगमा

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार