होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • एकैदिन दर्शकमाझ ‘भाइजान’ र ‘पठान’
पत्रपत्रिका

एकैदिन दर्शकमाझ ‘भाइजान’ र ‘पठान’

  • नागरिक रैबार
एकैदिन दर्शकमाझ ‘भाइजान’ र ‘पठान’

मुम्बई(बलिउड लाइफ)– बलिउडका लोकप्रिय अभिनेता सलमान खान चाँडो भन्दा चाँडो आफ्नो आगामी फिल्म पुरा गर्ने ध्याउन्नमा छन् । यतिबेला उनी फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् ।

यो फिल्ममा सलमान र कटरीना कैफको जोडी अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा भिलेन भूमिकामा इमरान हाशमी देखिँदैछन् ।यसबाहेक सलमानले आगामी फिल्म ‘कभी इद कभी दिवाली’को रिलिज मिति पनि ‘लक’ गरेका छन् । यो फिल्मको नाम परिर्वतन गरेर अहिले ‘भाइजान’ राखिएको छ ।

सलमान र निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले हालैमात्र फिल्म ‘भाइजान’को सुटिङको सेड्युल र रिलिजको मिति तोक्नका लागि भेट गरेका थिए । उनीहरु दुवैले फिल्म सन् २०२२ को दिपावलीमा रिलिज गर्ने सहमति जनाएका छन् ।

विज्ञापन

फिल्मको स्क्रिप्ट कमेडीमा आधारित रहेको र पारिवारिक फिल्म भएकाले दिपावली उपयुक्र्त समय हुनेमा सलमान र साजिद सहमत छन् ।

‘भाइजान’को निर्देशन फरहाद समजीले गर्नेछन् । फिल्ममा सलमानको अपोजिटमा पहिलोपटक दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे देखिँदैछिन् ।

सलमानले फिल्मको मिति सार्वजनिक गरिरहँदा शाहरुख खानको प्रतिक्षित फिल्म ‘पठान’ पनि यही मितिमा रिलिज हुँदैछ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहमको अभिनय रहनेछ । फिल्मको हाल छायांकन भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै