होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु
समाचार

बाजुरामा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु

  • नागरिक रैबार
बाजुरामा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु

नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।बाजुरामा आज कोराना विरुद्धको पहिलो खोप जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई खोप लगाएर अभियानको सुरुवात गरेका हुन ।

बाजुरा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा सुरु गरिएको अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अग्रभागमा रहि काम गर्ने कर्माचारीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानको सुरुवात गरेको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

खोप अभियानको एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया र प्रमुख जिल्ला अधिकारीको सहभागितामा अभियानको सुरुवात गरिएको थियो । अभियानको पहिलो दिन १ सय २२ जनालाई जनालाई कोरोना विरुद्धको खोप दिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

अभियानमा ९ सय ३५ जनालाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । जिल्ला अस्पताल बाजुरामा माघ १५ देखि १९ गते सम्म ९ सय ३५ जनालाई खोप लगाइने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।देशभरीमा हिजो सूर भएको भएपनि भौगोलिक विकटता भएकै कारण समयमै खोपहरु आईनपुग्दा बाजुरामा आजबाट खोप अभियान सुरु गरिएको पन्तको भनाईछ । जिल्ला अस्पताल बाजुरामा मात्र खोप केन्द्र रहेकाले सबैलाई जिल्ला अस्पताल बाजुरामै खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

स्थानिय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, कोरोना संक्रमित बाट मृत्यु भएका ब्यक्तिको सब ब्यबस्थापनमा खटिएका सुरक्षाकर्मी, स्थानिय तहमा सरसफाईमा खटिने कर्मचारीलाई पहिलो चरणमा खोप लगाईने भएको कार्यलय प्रमुख पन्तले बताए ।

माघ १५ गते बाट सञ्चालन हुने खोपमा पहिलो दिनमा १ सय २२ जनालाई लगाईने भएको छ । जसमा जिल्ला अस्पतालका ६७ जना, स्वास्थ्य कार्यलय बाजुराका १७ जना जिल्ला आयुर्वेद केन्द्र बाजुराका १३ जना र २५ जना सुरक्षकर्मीलाई लगाईने भएको छ । माघ १६ गते १ सय ६१ जनालाई खोप लगाईने भएको छ । त्यस्तै १७ गते २ सय ७ जना, १८ गते १ सय ९८ र १९ गते २ सय १० जनालाइ लगाइने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार