होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उमेर पुगेपछि चन्द्र र सुन्तलीको विवाह गरिदिने दुई परिवारबीच सहमति
समाचार

उमेर पुगेपछि चन्द्र र सुन्तलीको विवाह गरिदिने दुई परिवारबीच सहमति

  • नागरिक रैबार
उमेर पुगेपछि चन्द्र र सुन्तलीको विवाह गरिदिने दुई परिवारबीच सहमति

सुर्खेत — अन्तरजातीय विवाह गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका १८ वर्षीय चन्द्र कामी र मुगुको सोरु गाउँपालिका–४ लिप्रुकी सुन्तली भनिने रमिला मल्लका परिवारबीच मिलापत्र भएको छ ।

मल्लको उमेर पुगेपछि इच्छाअनुसार विवाह गरिदिने सर्तमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिर २९ मा चन्द्र बेपत्ता भएपछि उनीहरूले अन्तरजातीय विवाह गरेको घटना सार्वजनिक भएको थियो । बेपत्ता भएका चन्द्र ८ दिनपछि हुम्ला प्रहरीको सम्पर्कमा आएका थिए । उनी सम्पर्कविहीन हुँदा माइती पक्षले उनलाई बेपत्ता बनाएको आरोप लागेको थियो । तर माइती पक्षबाट जाहेरी नआएको, जातीय विभेद नभएको र युवकमाथि कुटपिट नभएको भन्दै प्रहरीले उनीहरूका परिवारबीच मिलापत्र गराएको हो ।

विज्ञापन

‘युवकले आफैं भागेर बेपत्ता भएको भने र किशोरीले आफूहरूबीच कुनै शारीरिक सम्पर्क नभएको पनि बताएपछि अभिभावकको जिम्मा लगाएका छौं,’ प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले भने, ‘दुवै जना अन्यायमा नपरेको थाहा पाएपछि परिवारको जिम्मा लगाएका हौं ।’ उनका अनुसार चन्द्रका दाजु र मल्लका बाबुलाई प्रहरीले सहमति गराउँदै जिम्मा लगाएको हो ।

चन्द्र र सुन्तलीले मंसिर ५ मा प्रेमविवाह गरेका थिए । विवाहलाई घरपरिवारले सजिलै स्विकार्ने सम्भावना नभएपछि चन्द्र र सुन्तली घरतिर नगएर छिमेकी गाउँमा बसेका थिए । उनीहरू मंसिर २४ मा मात्रै जैरगाउँस्थित घर गएका थिए । मंसिर २९ मा सुन्तलीका माइती पक्ष आएर उनलाई फिर्ता लिएको थियो भने चन्द्र त्यसै दिनदेखि बेपत्ता भएका थिए ।

हुम्लाको जैरगाउँमा दलित समुदायको बसोबास छ । तीन वर्षअघि मुगुको एउटा होटलमा काम गर्दैगर्दा चन्द्रको भेट सुन्तलीसँग भएको थियो । त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार