होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा प्रदेश (क) मा एकिकृत समाजबादी बलियाे बन्दै
समाचार

बाजुरा प्रदेश (क) मा एकिकृत समाजबादी बलियाे बन्दै

  • नागरिक रैबार
बाजुरा प्रदेश (क) मा एकिकृत समाजबादी बलियाे बन्दै

जीवन कैला/काेल्टी १० कार्तिक।   नेकपा एमाले बाजुराका संस्थापक नेता वीरबहादुर शाहीले नेकपा एमाले पार्टी परीत्याग गरी नेकपा एकिकृत सामाजवादी पार्टी रोज्नुभएको छ । विगत लामो समय देखि एमालेको मुल राजनिति प्रवाहामा रहदै आउनुभएका नेता शाहीले नेकपा एमालेलाई परीत्याग गर्दै आज नेकपा एकिकृत समाजवादि पार्टी रोज्नुभएको हो । २०५४ सालको स्थानिय चुनावमा गोत्रि गाउँ विकाश समितिको निरन्तर अध्यक्ष हुदै जनताको मन जित्न सफल नेता शाहीले नेकपा एमालेको संस्थापक भएर लोमो समय देखि काम गर्नुभएको थियो । उहाँले एमाले भित्रको नातावाद, कृपावाद, स्वार्थ, अहंकार, दम्भ र आश्रीवादमा लागेको एमालेलाई पन्छाउदै आफु सामाजवादिमा लागेको जानकारी दिनुभएको छ । कोल्टीमा रहेको होटेल इको भिलेजमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले आफु कसैको रिसराख, देखासिकी र असहज हुने तरिकाले पाटी परित्याग नगरेको बताउनुभयो । नेकपा माओवादि केन्द्र र नेकपा एमाले विच पार्टी एकतामा वनेको नेपाल कम्युनिष्ट पार्टी अलग भएको प्रति आफु दुखित भएको बताउनुभयो । पार्टी एकता होला दुई तिहाईको सरकार जोगियला भन्ने आस गरे पनि त्यो सम्भव नभएको अवस्थामा आफुले सहि मार्ग रोजेको बताउनुभयो । हिजो सम्पन्न नेकपा एमाले जगन्नाथ गाउँपालिकाको कार्यक्रममा वोल्दै शाहीले आफु र आफु निकटका नेता तथा कार्यक्रता समाजवादि पार्टीमा लाग्ने घोषणा समेत गर्नुभएको थियो । उहाँले आफु निकटका कार्यक्रतालाई समाजवादिमा क्रियाशिल भई पार्टीलाई वलियो वनाउन आग्रह समेत गर्नुभएको छ । जगन्नाथ गाउँपालिकामा वलियो छवि वनाउन सफल हुनुभएका शाही नेकपा एकिृतमा प्रवेश भए पछि उहाँ निकटका कार्यक्रताले पनि सामाजवादिमा लाग्ने नेता ऐनबहादुर शाहीले बताउनुभयो । शाही लगायतका नेताले एमाले छोडे पछि जगन्नाथमा नेकपा एकिकृत वलियो पार्टी वन्ने निश्चित देखिएको उहाँले बताउनुभएको छ । पछिल्लो समय एक पछि अर्काे हुदै नेकपा एमालेका प्रभावशाली नेताहरुले नेकपा एकिकृत रोज्न थालेको नेकपा एकिकृत बाजुराका सचिव पुरबहादुर रावतले बताउनुभएको छ । दिन प्रति दिन पार्टी परीत्याग गर्नेको लहर चले संगै एमाले पार्टीमा विचलन आएको र नेकपा एकिकृतमा भने वंैचारीक राजनिति मांैलाउदै गएको बताउनुएको छ । उहाँले पार्टी फुटाउनेहरुको हालत के हुन्छ ? भन्नेहरुका लागि उदाहरण भएर देखाउने दावि गर्नुभएको छ । एमाले भित्रको ताना शाहा र उखान टुक्का केहि समयका लागि रहे पनि दिर्घकालिनरुपमा त्यो नरहने बताउनुभएको छ । उहाँले आम नागरीकलाई कहि कत्तै भम्र र अलमलमा नपरी वेलैमा सोच्न र समयमै सहि निर्णय लिन पनि आग्रह गर्नुभएको छ । केहि दिन भित्र पार्टीको संगठन विस्तार गर्ने पनि उहाँले बताउनुभयो । नेकपा एकिकृत सामाजवादिले भने नेता शाहीलाई आजै प्रदेश कमिटी सदश्यमा मनोनित समेत गरेको बाजुरा सचिव रावतले जानकारी दिनुभएको छ । दलाल पुजीवाद र आसेपासेलाई पोस्याउने प्रवृतिको अन्त्य गर्दै वनेको समाजवादी पार्टीलाई जिल्लामै वलियो वनाउने सचिव रावतको दावि छ । पार्टी परीत्याग गरी एकिकृत समाजवादि रोज्नेहरु वढे संगै निर्वाचन क्षेत्र नं क समाजवादिको वलियो क्षेत्र वन्ने नेताहरुले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै