होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय पुस्तकालयको भवन जमलमा बन्ने
समाचार

राष्ट्रिय पुस्तकालयको भवन जमलमा बन्ने

  • नागरिक रैबार
राष्ट्रिय पुस्तकालयको भवन जमलमा बन्ने
काठमाडौँ– राष्ट्रिय पुस्तकालयको भवन काठमाडौँको जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले हरिहर भवनस्थित पुस्तकालयको भवनान क्षतिपुर्‍याएको थियो । भवन नभएपछि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै नयाँ भवन बनाउने निर्णय गरेको शिक्षा मन्त्रीका प्रेस सल्लाहकार विमल खड्काले बताए ।

शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा पुस्तकालय भवन बनाउने निर्णय गरी विस्तृत परियोजनाको काम अघि बढाउन स्वीकृति समेत दिएको उनले बताए ।

विज्ञापन

जमलमा रहेको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ।यसअघि केपी ओली नेतृत्वको सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन जमलमै निर्माण गर्ने निर्णय गरेको थियो।

तर २०७७ साउन ५ गते सोही नेतृत्वको सरकारले ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा पुस्तकालयको भवन निर्माण नगर्ने/नगराउने’ निर्णय गरेपछि काम रोकिएको थियो।त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्ने योजना अन्तर्गत त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार