होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • ट्रम्पको बुद्ध मूर्ति चीनमा लोकप्रिय, धमाधम बिक्री हुँदै
विचित्र संसार

ट्रम्पको बुद्ध मूर्ति चीनमा लोकप्रिय, धमाधम बिक्री हुँदै

  • नागरिक रैबार
ट्रम्पको बुद्ध मूर्ति चीनमा लोकप्रिय, धमाधम बिक्री हुँदै

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प बुद्धको जस्तै आसनमा बसेको स्वरुपमा तयार पारिएको मूर्ति चीनमा लोकप्रिय बनेको छ ।

चिनियाँ इकमर्श प्लाटफर्ममा ट्रम्पको उक्त बुद्धासनलाई बिक्रीमा राखिएको छ । उक्त मूर्तिका बिक्रेताका अनुसार विश्वमा ट्रम्पले जत्तिको बुद्धिज्म जानेको अरु कोहीपनि छैन ।

 

विज्ञापन

सानो आकार अर्थात १.६ मिटर अग्लो ट्रम्पको उक्त मूर्तिको चिनियाँ ईकमर्श साइट ताओबाओमा मूल्य ९ सय ९९ चिनियाँ युआन तोकिएको छ । त्यस्तै ४.६ मिटर अग्लो ठूलो ट्रम्प मूतिको मूल्य ३ हजार ९९९ छ । गार्जियन पत्रिकाका अनुसार ईकमर्श साइट ताओबाओमा ट्रम्पका तस्वीर अंकित फेसमास्क, ह्याटदेखि मोजा र मूर्तिसम्मै लोकप्रिय रहेका छन् ।

चीनको फुजियान प्रान्तस्थित जियामेनमा रहेको एक फर्निचर कारखानाले उक्त मूर्तिहरु तयार गर्ने गर्दछ । अहिलेसम्म कम्पनीले १ सय जति मूर्ति बनाएकोमा अधिकांश बिक्री भइसकेको छन् । अधिकांश मानिसहरुले केवल हसिमजाकका लागि ती मूर्तिहरु खरिद गर्ने गरेका छन् ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग बोल्दै ट्रम्पको मूर्ति खरीद गर्ने एक व्यक्ति भन्छन्, ‘मैले रमाइलोका लागि किनेर मूर्तिलाई घरको मेरो डेस्कटमा राखेको छु सजावटका लागि । ट्रम्प यो युग मात्र नभई अति प्रतिशोधका प्रतिनिधि पात्र हुन् । अहिले त्यो युग बितेपनि अब ट्रम्पजस्तो नबन्नु भन्ने हेक्का दिलाउनका लागि मैले मूर्ति खरीद गरेँ ।’

-एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार