होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् विस्तार
समाचार

मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् विस्तार

  • नागरिक रैबार
मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् विस्तार

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले माओवादी छाडेर एमालेतिर लागेका र खनाल-नेपाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् ।

विस्तारित मन्त्रिपरिषद्का सदस्यले शुक्रबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बाट शपथ ग्रहण गरेका छन् ।

विज्ञापन

यस्तै माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर आएका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, माधवकुमार नेपालको क्याम्प छोडेर आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै, मुख्यमन्त्री राईले प्रदेशसभा सदस्य कला घले र राजकुमार ओझालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएका छन् । घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी हाल आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्हाल्दै आएका थिए । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर अभियान चलाएपछि मन्त्रीबाट पुस ११ गते बर्खास्त गरिएको थियो ।

यस्तै, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनुअघि तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पुस १२ गते राजीनामा दिएका थिए ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ । अविश्वास प्रस्ताव दर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै उनी मजबुत भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै