होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीले पार्टीको विधान विपरित काम गरेपछि पार्टीबाट हटायौंः नेता रावल
राजनीति

ओलीले पार्टीको विधान विपरित काम गरेपछि पार्टीबाट हटायौंः नेता रावल

  • नागरिक रैबार
ओलीले पार्टीको विधान विपरित काम गरेपछि पार्टीबाट हटायौंः नेता रावल

नागरिक रैबार/बाजुरा १३ माघ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भीम रावलले प्रधानमन्त्री ओलीले पार्टीको विधान विपरित काम गरेपछि पार्टीबाट हटाउन बाध्य भएको बताएका छन् ।

मंगलबार नेकपा बाजुराको प्रदेश निर्वाचन ‘क’ को कोल्टीमा आयोजना गरिएको विरोध सभामा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विधि र विधान अनुसार नचलि आफ्नै ढंगबाट चलेकोले पार्टीको सदस्य समेत नरहने गरी हटाउनु परेको बताएका छन् ।

नेकपा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहनु भएका डाक्टर रावलले प्रधानमन्त्री ओलीले जनताले ५ वर्षका लागि दिएकाे मत माथि गद्धार गरेकाे आरोप लगाएका छन् । उहाँले प्रधानमन्त्रि ओली पार्टीका वैठक र संसदबाट भाग्नु भएको पनि आरोप बताउनुभएको छ । नेकपा प्रचण्ड माधव समुहले कोल्टीमा आयोजना गरेको संसद विघटन विरुद्धको विरोध सभालाई सम्वोधन गर्न  बाजुराको कोल्टी पुग्नुभएका नेता रावलले पुस्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल अध्यक्ष भएको पार्टी मात्रै आधिकारीक भएको बताउनु भएको छ ।

विज्ञापन

उहाँले चुनाव चिन्ह पनि प्रचण्ड माधव नतृत्व नेकपाको हुने स्पष्ट पार्दै सम्पुर्ण नेता तथा कार्यक्रतालाई चोईटिएको समुह पछि नलाग्न आग्रह समेत गर्नुभएको छ । प्रधानमन्त्रि केपी शर्मा ओली पार्टीका विभिन्न कार्यक्रममा भागेको भगांैडा भएको आरोप लगाउदै उहाँले बजुरेली जनतालाई भगांैडा पछि नदांैडिन समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै सदुरपश्चिम प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन कानुनमन्त्री प्रकाश बहादुर शाहले खडक प्रसाद ओलीलाई नेकपाले दुई तिहाईको प्रधानमन्त्री बनाएकाे र तिनै ओलीले संविधान माथि खड्क प्रहार गरेको हुदा अव उहाँ खड्क प्रसाद ओली नभई ख्डक प्रहार ओली भएको बताउनुभयो ।

सदुरपश्चिम प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन ग्रहमन्त्रि समेत रहनुभएका नेता शाहले नेपाली जनताको ठुलो त्याग र वलिदानले ल्याएको संविधानलाई उहाँले कुल्चेर असंवैधानिक कदम चालेर शहिदहरुको सपना माथि होली खेल्ने काम गरेको आरोप लगाउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका नेता शाहाले प्रधानमन्त्रि ओली नेपालको संविधान र नेपाली जनताको कुठाराघात भएको बताउनुभएको छ ।

प्रधानमन्त्रि ओली भारतीय दलाल भएको बताउदै नेता शाहले भारतलाई रिजाउनका लागि र आफुले गरेको पाप पखाल्नका लागि आजभोली पशुपतिमा पाठपुजामा लाग्नुभएको समेत बताउनुभयो । त्यस्तै नेकपाका सदुरपश्चिम प्रदेश कमिटी सदश्य तथा पुर्वराज्य मन्त्रि कर्णबहादर विकले बाजुरामा सवै केपी ओली तिर छौ भनि जनतालाई अफवाहा फैलाउने काम गरेकोले सजक रहनुपर्ने वेला भएको बताउनुभएको छ ।

केपी शर्मा ओली मात्रै सवै्रसर्वहार भएको हो भन्ने केहि अराजक तत्वले अफवाहा फैलाएको र केपी ओलीका साईवर सेनाका नामा साईवर स्यालहरुलाई परीचालन गरी जनतालाई भट्काउने काम गरेकोले सजक रहन आग्रह गर्नुभएको हो । साथै उहाँले केपी शर्मा ओली संग लागेका वास्तविक कम्युनिष्ट नभई अवसरवादि र भ्रष्टचार लुकाउन खोज्नेहरु ओली तिर टाँसिएको बताउनुभएको छ ।

त्यस्तै विरोध सभालाई सम्वोधन गर्दै सुदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मीले कुन्ना क्षेत्र नेकपा कम्युनिष्ट पार्टीको आधार ईलाका भएकोले कुन्डालि जनताहरु असंवैधानिक कदमका विरुद्ध सडकमा आउन वाध्य भएको बताउनुभएको छ । उहाँले कुन्डाली जनताहरु एक भएर संविधान रक्षाका लागि सशक्त आनदोलन गर्नुपर्ने धारणा राख्नुभएको छ ।

युवा संघ नेपालका पुर्व केन्द्रिय महासचिव नरेश कुमार शाहीले प्रधानमन्त्रि ओलीले नेपाली जनताको मतलाई कदर गर्न नसकेको बताउनुभयो । नेपाली जनताले सुखि जनता र समृद्ध नेपाल बनाउने उत्साहाका साथ अत्याधिक मत दिएर वाम गठवन्धनलाई जिताएर हामीले केपी शर्मा ओलीलाई प्रभानमन्त्रि ओलीले जनताको अनुहारमा आएको् खुशियालीलाई निराशामा परीणत गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रि ओलीले आफ्नो गुटलाई प्रसय दिनका लागि राष्टको सम्पतिको दुरुपयोग गर्दै आफ्ना आसेपासेलाई सम्पन्नशाली वनाउन खोजेको आरोप लगाउनुभयो ।

आज सम्पन्न विरोध सभालाई सम्वोधन गर्दै उहाँले प्रधानमन्त्रि ओलीले भ्रष्टचार र दलाललाई संरक्षण गरेको पनि प्रष्ट पार्नुभएको छ । नेता शाहीले हामीले छानेको नेता, मानेको प्रधानमन्त्रि अहिले भारत एजेण्ट र दलाल भएको आरोप लगाउनुभयो । कार्यक्रममा नयां शक्ति नेपालका पुर्व केन्द्रिय सदस्य दिलिप बहादुर शाही अग्नीज्वाला नेकपामा प्रवेश गर्नुभएको छ । विगत वाल्यकाल देखि कम्युनिष्ट राजनितिमा रहनुभएका शाही फेरी कम्युनिष्टमा फर्केर सक्रिय राजनितिमा आउने र प्रचण्ड माधव नेपालले नेतृत्व गरेको आधाकारीक कम्युनिष्ट पार्टी भएकाले आफुले पनि एहि नेतृत्वलाई विश्वाश गरेको बताउनुभएको छ ।

नेकपा बाजुराका नेता गगन रावलको अध्यक्षतामा संचालन भएको विरोध सभामा कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहका करिव ५ हजार बढी कार्यकर्ताहरु सहभागि भएका थिए। स्वामीकार्तिक खापर गाउँपालिकाका इन्चार्ज रमेश विकले संचालन गरेको कार्यक्रममा नेकपा बाजुराका नेता पुरबहादुर रावत, महेश शाही, मानबहादुर विक, किट्टो लवार, गोरख सार्की, युवा संघ नेपाल बाजुराका संयोजक सन्तोष विक, अनेरास्ववीयुका कार्यालय सदस्य खेम साउँद लगायत नेकपा समर्थक युवाहरु नेता तथा कार्यक्रर्ताको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार