होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषदको हाँस्यास्पद निर्णय : शनिबारको दिन दियो सार्वजनिक विदा
समाचार

मन्त्रिपरिषदको हाँस्यास्पद निर्णय : शनिबारको दिन दियो सार्वजनिक विदा

  • नागरिक रैबार
मन्त्रिपरिषदको हाँस्यास्पद निर्णय : शनिबारको दिन दियो सार्वजनिक विदा

काठमाडौं, ९ पुस । नेपाल सरकारले एउटा हाँस्यास्पद निर्णय गरेको छ । शनिबार सार्वजनिक विदाको दिन सार्वजनिक विदा दिएसँगै मन्त्रीपरिषद्ले लज्जास्पद निर्णय गरेको हो । क्रिसमसको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपालमा शनिबार सार्वजनिक विदा भने हुँदै आएको छ ।

आज मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको हो । त्यस्तै बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।

बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्लासभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

विज्ञापन

बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्व स्वीकृति दिने, जिल्लासभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने, हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने, वैदेशिक द्रुत डाक सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णय पनि गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार