होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढी–स्याउले खण्ड धुलाम्य, स्थानीय हैरान
समाचार

धनगढी–स्याउले खण्ड धुलाम्य, स्थानीय हैरान

  • नागरिक रैबार
धनगढी–स्याउले खण्ड धुलाम्य, स्थानीय हैरान

धनगढीः धनगढी–दीपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडकखण्ड धुलाम्य भएपछि वरपरका स्थानीय हैरान भएका छन्। उक्त खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले बेवास्ता गर्दा सडक धुलाम्य बनेको हो।

ठेक्का सम्झौता नहुँदा सडक हिलाम्य र धुलाम्य भएको भन्दै पटकपटक आन्दोलन गरेका स्थानीय ठेक्का हुँदा पनि सोही समस्याले पीडित बनेका हुन्। उनीहरुले धुलाम्य सडकको समस्या समाधान नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन्। स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा भन्छन्, ‘धनगढीबाट स्याउले आएका मानिस चिनिदैनन्। धुलोका कारण हैरानी भएको छ। पानी हाल्न भन्छौ तर हालिएको छैन।’

विज्ञापन

धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा १३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएको थियो। गत जेठ २५ गते सम्झौता गरिएको सडकमा नाली निर्माणको काम जारी रहेकोमा सडकमा पानी नहालिँदा स्थानीय हैरान भएका छन्। सडकको १३ दशमलव ४ किलोमिटर कालोपत्रेका लागि भ्याटसहित १८ करोड ५१ लाख ९० हजारमा ठेक्का पाएको खड्का–कृष्ण–नारायण–बंलामुखी जेभीले सडकमा पानी समेत नहालेको गुनासो स्थानीयको छ।

सडकको चौडाइ ५ मिटर मात्र हुने गरी ठेक्का सम्झौता भएकोमा बिरोध गरेका स्थानीयले अहिले निर्माण कम्पनीले पानी समेत नहालेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन्। तर निर्माण कम्पनीका सञ्चालक बिपिन थापाले सवारी चालक नभएकाले समस्या भएको बताएका छन्। ‘ड्राइभर नभएर समस्या भएको थियो। अब ड्राइभर आएको छ। पानी हाल्छौ’ उनले भने।

धनगढीबाट दीपायल हुँदै चीनको सीमानासँग जोड्ने लक्ष्य रहेको उक्त सडकको चौडाइ ७ मिटर बनाउन सिफारिस गरिएको छ। तर स्वीकृत भने भएको छैन्। उल्टै योजना कार्यालय नै प्रमुख बिहिन भएको छ। सडकको चौडाई ७ मिटर बनाउन सिफारिस गर्ने बताएका तत्कालिन योजना कार्यालय प्रमुख खगेन्द्र शाहीले तिहार अगाडि अवकाश पाएपछि योजना कार्यालय प्रमुख बिहिन भएको हो।

धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दीपायल–बाजमोड खण्डको ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै