होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग
समाचार

फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

  • नागरिक रैबार
फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

सिन्धुपाल्चोक: पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले छ लाख १० हजार सहयोग गरेका छन्।

लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उनको परिवारले जनाएको छ। उनको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको समन्वयमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ।

अहिलेसम्म उपचारमा नौ लाख खर्च भएको तथा अब खर्च धान्ने अवस्थामा परिवार नरहेकाले सहयोग सङ्कलन थालिएको वडाध्यक्ष तामाङले बताए। बेलायतबाट चार लाख १० हजार र इजिप्टबाट दुई लाख सहयोग प्राप्त भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार