होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २३ फागुनमा खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण
समाचार

२३ फागुनमा खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

  • नागरिक रैबार
२३ फागुनमा खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

१० चैत, काठमाडौं । फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।

 

विज्ञापन

‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ निर्देशक भण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।

अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार