होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सडक निर्माण गर्दा बस्ती जोखिम् भएपछि थापाबाडाका स्थानीयको नगरपालिकालाई ध्यानाकर्षण पत्र
समाचार

सडक निर्माण गर्दा बस्ती जोखिम् भएपछि थापाबाडाका स्थानीयको नगरपालिकालाई ध्यानाकर्षण पत्र

  • नागरिक रैबार
सडक निर्माण गर्दा बस्ती जोखिम् भएपछि थापाबाडाका स्थानीयको नगरपालिकालाई ध्यानाकर्षण पत्र

नागरिक रैबार / ७ साउन बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ थापाबाडाका स्थानीयहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।थापाबाडाको भम्कीचौरदेखि खुलामंच सम्म निर्माण गरेको सडकका कारण थापाबाडाका बस्ती जोखिम्मा परेपछि नगरपालिकालाई स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् ।

बस्ती तल र माथिबाट पहिरो खस्न थालेपछि अहिले सो वडाका थापाबाडा, पुजारीबाडा, डाँडा र चैडील क्षेत्रका स्थानीयका सयौं घरहरु जोखिम्मा परेका छन् । सडक निर्माण गर्ने कम्पनिले सडक निर्माण गर्दा जथाभावि डोजर लगाएर काम गरेपछि बस्तीहरु जोखिम्मा परेको स्थानीयहरुले गुनासो गरेका छन् ।

बिहीबार थापाबाडाका स्थानीयहरुले नगरपालिकामै गएर सोही सडक निर्माण गर्दा जोखिम्मा परेको नगरपालिकाकी उपप्रमुखको घर बचाउनका लागि मात्रै १० लाखको योजना दिएको र सडक निर्माणकै क्रममा अन्य सर्वसाधारणका घरहरु जोखिम्मा पर्दा सडकका कारण जोखिम्मा रहेका अन्य घरहरु बचाउनका लागि बजेट विनियोजन नगरेको भन्दै नगरपलिकामा ध्यानाकर्षण गराएको स्थानीय दुर्गा थापाले बताएकि छन् ।

विज्ञापन

थापाबाडामा बसोवास गर्दै आएका १५ घरपरिवारको बस्ती सडक निर्माण गर्दा उच्च जोखिम्मा परेका छन् । तरपनि नगरपालिकाले कुनै ध्यान नदिएको र उक्त ठाउंँमा सहरी विकासको ठेक्का भइ सकेको र त्यस ठाउंमा काम डुब्लीकेसन हुँदा पनी नगरपालिकाले कुनै चासो नदेखाएकोे अर्का स्थानीय धन बहादुर थापाले बताएका छन् ।

थापाबाडा बस्तिमा बन्न लागेको सडक निमार्ण कार्य एक तर्फ पुर्ण रुपमा हिलाम्मे भएका कारणले त्यहां स्थानीय बासी लगायत विद्यालय जाने साना साना बालबालिका र बाजुरा क्याम्पस जाने बिद्यार्थिहरुलाइ असहज भएकोले छिटो बाटो निमार्ण गर्न नगरपालिकालाई माग गर्दै थापाबाडाका २५ जना स्थानीयहरु नगपालिकामै पुगेर ध्यानाकर्षण गराएका छन् ।
ठेक्कदारले निर्धारित समयमै काम नगरेको र सडक डिभिजन कार्यालयले ध्यान नदिएकै कारण सडक निमार्णमा ढिलाई गरेको स्थानीयहरुको आरोप छ ।

उक्त बाटो निमार्णलाई तत्काल निमार्ण कार्य अगाडी बढाइदिन पटक पटक नगरपालिकालाई अनुरोध गरेको थियौ तर कुनै सुनुवाई नहँुदा असार २२ गते निबेदन समेत पठाउँदा सम्म पनि नगरपालिकाले कुनै सुनुवाई नगरेको स्थानीय शुसिला थापाले बताएकी छन् ।
यता बडिमालिका नगरपालिकाका निमीत्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले नगरपालिकाका नगरप्रमुख पदम बडुवाल जिल्ला बाहिर छन। जिल्लामा पुग्ने वित्तिकै काम अगाडी बढाउने बताएका छन् ।

No description available.

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार