होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभामा एमालेद्वारा सभामुख सापकोटाको राजीनामा माग
समाचार

राष्ट्रिय सभामा एमालेद्वारा सभामुख सापकोटाको राजीनामा माग

  • नागरिक रैबार
राष्ट्रिय सभामा एमालेद्वारा सभामुख सापकोटाको राजीनामा माग

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा गर्न प्रमुख प्रतिपक्ष एमालेले माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’

गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ । ‘सडकदेखि सदनसम्म कुरा उठिरहेको छ, गैरसांसदहरूलाई सदनमा राखिएको छ । त्यो गर्दा सदनको संविधानको रक्षा भयो कि भएन ? संविधानले व्यवस्था गरेअनुरुप भयो कि भएन ?’

विज्ञापन

सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाएलगत्तै कारबाही गर्ने तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको श्रेष्ठको भनाइ थियो ।

सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उनले जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बस्न आग्रह गरेका थिए । उनले भने, ‘आफ्नो कुरा पर्याप्त समय लिएर राख्नुभएको छ । बसेर सदनलाई अगाठडि बढाउँ त्यो सबैभन्दा सुन्दर हुन्छ ।’

एमालेले विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक बिहिबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार