होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ‘कोरोना त्रासकै बीच मौसमी फ्लु आयो, हेलचेक्र्याइँ नगरौं’
स्वास्थ्य-जीवनशैली

‘कोरोना त्रासकै बीच मौसमी फ्लु आयो, हेलचेक्र्याइँ नगरौं’

  • नागरिक रैबार
‘कोरोना त्रासकै बीच मौसमी फ्लु आयो, हेलचेक्र्याइँ नगरौं’

हिजोआज विभिन्न उमेरसमूहका व्यक्तिहरुमा घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी जस्ता समस्या धेरै देखिन थालेको छ । एकातिर यो समस्या बढ्दैछ भने अर्काेतिर कोरोनाका संक्रमितहरुको संख्या समेत यही समयमा बढेका कारण यो लक्षण कतै कोरोनाकै संकेत त होइन ? भन्नेमा धेरैलाई चिन्ता बढ्ने गरेको छ ।

अहिले सरकारले कोरोनाका कारण शहरी भेगका विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ भने अन्य ठाउँमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न भनेको छ । तर के अहिले देखिएको स्वास्थ्य समस्या र

कोरोनाका बीचमा सम्बन्ध छ त ?

विज्ञापन

भाइरोलोजी विषयमा विद्यावारिधि गरेका एवं केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट केही समयअघि सेवानिवृत्त भएका डा. विष्णु उपाध्याय अहिले देखिएका ती समस्याहरु मौसमी फ्लुका कारण विकसित भएका समस्या भए पनि नयाँ भेरियन्टको कोरोनाको विशेषताका कारण यसलाई सामान्य मानेर बस्न नहुने बताउँछन् ।

नयाँ भेरियन्टको कोरोना लागेका मान्छेमा जटिल अवस्थामा नपुगेसम्म लक्षण नदेखिने गरेको विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैले कोरोना हो या मौसमी फ्लु भन्ने पत्ता लगाउँदा लगाउँदै समस्या बढ्न सक्ने भएकोले अहिले जोखिम थपिएको जानकारहरु बताउँछन् ।

डा. उपाध्यायका अनुसार सामान्यतया फागुन/चैत महिना मौसम परिवर्तनको समय हो । जाडो मौसम परिवर्तन भएर गर्मी मौसम लागेसँगै विभिन्न ब्याक्टेरियाहरु सक्रिय हुने गर्छन् । जसका कारण विभिन्न स्वास्थ्य समस्याहरु निम्तिने गर्छन् । यो साल विभिन्न कारणले चैत/वैशाखमा समेत धेरै गर्मी नभएकोले प्रिमनसुनसँगै मौसमी फ्लुको प्रभाव देखिन थालेको जानकारहरु बताउँछन् । कतिपय बच्चा एवं किशोरहरु र कतिपय वयस्कमा समेत अहिले देखिएको समस्या यही मौसमी फ्लुका कारण सिर्जना भएको समस्या रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सुख्खा मौसममा आउने हावाहुरी असिना आदिका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु आउने गर्छ । रुघाखोकी लाग्ने र घाँटी दुख्ने श्वासप्रश्वासमा समस्या हुने जस्ता समस्या समेत यही मौसमी फ्लुका कारणले हुने गर्छ । हावाहुरीका अलावा यो विभिन्न परजीवीहरुको लागि समेत अनुकूल मौसम हो । जसका कारण डेंगु जस्ता रोगको जोखिम पनि यही मौसममा बढी हुने गर्छ । वातावरणीय परिवर्तनका कारण अहिले पनि श्वासप्रश्वासजन्य र कीटजन्य रोगले स्वास्थ्य समस्या निम्त्याएको डा. उपाध्याय बताउँछन् ।

कोरोना महामारीले त्रास फैलाइरहेको बेलामा उस्तैउस्ता लक्षण देखिने मौसमी फ्लुका कारण अभिभावकहरूमा झनै त्रास थपिएको उनको बुझाइ छ ।

‘मौसमी फ्लु भए पनि हेलचेक्र्याइँ नगरौं’

डा. उपाध्याय अहिले विकास भएको नयाँ भेरियन्टको कोरोना भाइरसमा बिरामी जटिल अवस्थामा पुगेपछि मात्रै लक्षण देखिने गरेकोले मौसमी फ्लुलाई पनि बेवास्ता गर्न नहुने बताउँछन् । ‘अहिले कोरोनाको लक्षण जोकोहीमा देखिँदैन र जटिल अवस्थामा पुगेपछि मात्रै त्यस्तो संकेत मिल्ने भएकोले मौसमी फ्लुका कारण त्यस्तो संकेत देखिँदा पनि चिकित्सकसँगको परामर्शमा जानुपर्ने अवस्था छ ।’ उनी भन्छन् ‘पहिलो भेरियन्टको कोरोनामा सुरुमा नै लक्षण देखिन्थ्यो । त्यसैले केही समय कुर्न पनि सकिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन ।’

कसरी जोगिने यो समस्याबाट ?

अहिले मौसमी फ्लु हो कि कोरोना हो ? भन्ने जान्नको लागि अस्पताल नै जानुपर्ने अवस्था छ । म विदेशबाट आएका व्यक्ति वा शंकास्पद व्यक्तिको सम्पर्कमा छैन भनेर ढुक्क हुन सक्ने अवस्था पनि नरहेको डा. उपाध्याय बताउँछन् । अहिले धेरैमा कोरोनाको लक्षण नदेखिने गरेको भन्दै संक्रमितको पहिचान हुन नसक्ने भएकोले तीनै तहका सरकारले तयार पारेको स्वास्थ्य मापदण्ड पालना गर्नु नै उपयुक्त रोकथामको विधि रहेको उनी बताउँछन् ।

पहिलेको कोरोना बढी वृद्धवृद्धा र शरीरमा अन्य रोग भएकालाई बढी प्रभावित गर्ने खालको थियो । तर अहिले बच्चाहरुमा समेत उस्तै संक्रमणको जोखिम रहेको देखाएको छ । साथै युवावस्थाका व्यक्तिलाई समेत धेरै समस्या देखिएको छ । त्यसैले यसलाई स्वास्थ्य सतर्कता अपनाउने र त्यस्तो लक्षण देखियो भने चिकित्सकलाई सम्पर्क गरिहाल्नु पर्ने उनी बताउँछन् । साथै, घरबाट बाहिर निस्कँदा संक्रमण सर्ने जोखिम बढी हुने भएकोले बाहिर निस्कँदा बढी सतर्क हुनु जरुरी छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार